२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

इरानद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग

shivam cement
२०८२ पुष २३ गते ११:२५
Shares
इरानद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग

काठमाडौंः इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गर्दै वासिङ्टनको यस कदमलाई गैरकानूनी र भेनेजुएलाको सार्वभौमसत्ता विरुद्धको कार्य भनी भत्र्सना गरेका छन् । 

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बाघेईले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि मादुरो र उनकी पत्नीलाई अपहरण गरिएको आरोप लगाउँदै यो कार्य अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताए । 

उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघनको विरुद्धमा प्रतिक्रिया जनाउन आग्रह गर्दै यस्ता व्यवहारहरू नरोकिने चेतावनी समेत दिए । अमेरिकी सेनाले शनिवार भेनेजुएलामा आक्रमण गरी मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको बताएको थियो ।  

सम्बन्धित खबर