२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एमालेले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

shivam cement
२०८२ पुष २३ गते ११:४९
Shares
एमालेले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौं : नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ । 

एमालेका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना सिंह रखाल, मधेश प्रदेशमा रेखा झा र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेको १८ सिटका लागि मनोनयन प्रक्रिया सुरु भएको हो । ती सिटका लागि माघ ११ गते निर्वाचन हुनेछ ।

सम्बन्धित खबर