
काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर उम्मेदवारी दिने भएका छन् । गठबन्धन सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिटमा उम्मेदवारी दिने समझदारी भएको छ ।
जसअनुसार नेपाली कांग्रेसले आफ्ना ९ उम्मेदवार चयन गरिसकेको छ । कोशी प्रदेशबाट सुनिलबहादुर थापा उम्मेदवार बन्ने भएका छन् । मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्णलाई उम्मेदवार बनाइएको छ । बागमती प्रदेशमा गीता देवकोटा तथा गण्डकी प्रदेशमा जगत तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहनेछन् ।
एमालेले पनि आफ्ना ८ उम्मेदवार चयन गरिसकेको छ । एमालेका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना सिंह रखाल, मधेश प्रदेशमा रेखा झा र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
जसपा नेपालले भने महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ ।