
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्रीहरुका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् ।
उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए । उनले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताए ।
उनले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठुलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गरे ।
महामन्त्री थापाले संख्याको आधारमादम्भ राखेर महामन्त्रीहरुलाई घेराबन्दी गरिएको बताए ।