२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

shivam cement
२०८२ पुष २३ गते १४:४८
Shares
राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

काठमाडौँ : माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट महिला क्लस्टरबाट रोशनी मेचे र दलित क्लस्टरमा सोमनाथ पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य क्लस्टरबाट कांग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावक उद्धव थापा र रेगिना भट्टराई समर्थक छन् ।

सोमनाथ पोर्तेलको प्रस्तावक छवि चुडाल, समर्थक एकराज कार्की छन् भने रोशनी मेचेको प्रस्तावक सिर्जना राई, समर्थक शोभा चेम्जोङ रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर