२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपा रुकुम पश्चिमले मोटरसाइकल र्‍याली गर्दै

shivam cement
२०८२ पुष २३ गते २०:१८
Shares
नेकपा रुकुम पश्चिमले मोटरसाइकल र्‍याली गर्दै

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले बिहीबार खलंगा बजारमा मोटरसाइल र्‍याली गर्ने भएको छ । यही पुस २६ गते मुसिकोट नगरपालिका १ बराहाटाकुरामा हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्न लागिएको हो ।

नेकपाको एकता सन्देश सभाको विषयमा जानकारी गराउन बुधबार प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बिहीबार दिउँसो १२ बजे मुसिकोट नगरपालिका ३ माछमीबाट, सेरिगाउँ, सितपोखरी र पुनः सेरिगाउँ, बागबजार हुँदै सल्लेसम्म मोटरसाइकल र्‍याली आयोजना गरिने नेकपाका नेता बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार पुस २६ गते हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको हो । 

यस्तै २५ गते मञ्च व्यवस्थापन र २६ गते मुसिकोट १ बराहाटाकुरामा एकता सन्देशसभा कार्यक्रम गर्ने बताइएको छ । पत्रकार भेटघाट कार्यक्रममा नेकपाका नेताहरू  वसन्त कुमार शर्मा, गोपाल शर्मा, सुरज परियार, सचिन रोका लगायतको सहभागीता  रहेको थियोे । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर रुकुम पश्चिमका संयोजक प्रचण्ड खत्रीले गरेका थिए ।

सम्बन्धित खबर