
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङले राजीनामा दिन लागेका हुन् ।
घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामाबारे जानकारी दिँदै छन् ।