२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु

shivam cement
२०८२ पुष २४ गते १२:४२
Shares
अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु

काठमाडौँ : अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु भएको छ।

राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणमा बुधबार अबेर राति १०० जनाको मृत्यु भएको भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डिओसडाडो काबेलो बताएका छन् ।

रोयटर्सका अनुसार काराकासले मारिएकाहरूको संख्या दिएको छैन, तर सेनाले २३ जना मृतकहरूको सूची सार्वजनिक गरेको छ ।

भेनेजुएलाका अधिकारीहरूले मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा ‘चिसो रगतमा’ लत्पत्तिएको बताएका छन् । क्युबाले समेत भेनेजुएलामा आफ्नो सैन्य र गुप्तचरहरू मारिएको बताएको छ ।

अमेरिकाले छापा मार्ने क्रममा मदुरोसँगै हिरासतमा रहेकी उनकी श्रीमती सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको काबेलोले बताएका छन् ।

सम्बन्धित खबर