
वासिङ्टन : उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको संकेत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् ।
प्रहरीले आठ जना पीडितहरूमध्ये कम्तिमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था अज्ञात रहेको बताएको छ ।
प्रहरीले संदिग्धहरूको खोजिको लागि अनुसन्धान सुरु गरेको बताएको छ । पछिल्लो समयमा गोली हानाहानको हिंसा अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक संकट बनेको जनाइएको छ भने बारम्बार सामूहिक गोलीबारीका कारण उल्लेख्य मानवीय, आर्थिक तथा मनोवैज्ञानिक संकट निम्त्याएको जनाइएको छ । –रासस/क्यूएनए