२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कोइराला र रिजालसँगको भेटमा देउवाले के भने ? 

shivam cement
२०८२ पुष २४ गते १५:२०
Shares
कोइराला र रिजालसँगको भेटमा देउवाले के भने ? 

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग नेताद्वय डा.शेखर कोइराला र डा. मिनेन्द्र रिजालले भेट गरेका छन् । 

भेटका क्रममा आफूहरूसँग देउवाले कुनै राय नदिएको रिजालको भनाइ छ । पार्टी विवादबारे विस्तृत छलफल भइरहेको छ, अहिले नै कुनै औपचारिक धारणा तय नभएको देउवाको भनाइ उद्धृत गर्दै रिजालले बताए । 

उनले भने, ‘पार्टी सभापतिज्यूसँग हामीले आफ्‌ना सबै कुरा राखेका छौं, उहाँबाट कुनै राय आएको छैन । उहाँसँग पुनः भेटवार्ता गर्ने नै छौं, त्यसपछि केही भन्न सक्ने अवस्था बन्नसक्छ । तत्काल यहीँ भन्नसक्ने अवस्थामा छैनौं ।’ 

कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद सतहमा आएको छ । उक्त विवाद समाधानका लागि नेताहरू दौडधुप गरिरहेका छन् । 

बिहीबार देउवा, कोइराला र रिजालबीच भेटवार्ता भएको छ ।

सम्बन्धित खबर