२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपाले भर्चुअलमार्फत केन्द्रीय समितिको घोषणा गर्दैछ किन ? 

shivam cement
२०८२ पुष २४ गते १६:०२
Shares
नेकपाले भर्चुअलमार्फत केन्द्रीय समितिको घोषणा गर्दैछ किन ? 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समितिको घोषणा गर्ने भएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभा र फागनु २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहोन सुरु भइसकेकोले भर्चुअलमार्फत समितिको घोषणा गर्न लागेको नेकपाका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

काठमाडौं उपत्यकामा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअलमार्फत् केन्द्रीय समिति सदस्य घोषणा गर्ने उनले बताए । सापकोटाले भने, ‘काठमाडौंमा पनि कार्यक्रम कहाँ गर्ने भन्ने निर्णय भएको छैन । निर्णय भएको खण्डमा काठमाडौंमा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअलमार्फत भए पनि केन्द्रीय सदस्य घोषणा गरिनेछ ।’

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित २६ कम्युनिस्ट घटकबीच एकता पश्चात् नेकपा बनेको छ । उसले हालसम्म केन्द्रीय समितिको टुंगो लगाउन सकेको छैन । 

यहीँ पुस २९ गते नेकपाले केन्द्रीय समितिको घोषणा गर्नेछ ।

सम्बन्धित खबर