२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूसी आक्रमणका कारण युक्रेनमा १० लाख मानिस पानी र विद्युत्‌बाट वञ्चित

shivam cement
२०८२ पुष २४ गते १६:५२
Shares
रूसी आक्रमणका कारण युक्रेनमा १० लाख मानिस पानी र विद्युत्‌बाट वञ्चित

किएभ : युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा १० लाख भन्दा बढी मानिसहरूलाई पानी र विद्युत आपूर्ति विहिन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ । अघिल्लो जाडोमा जस्तै रूसले युक्रेनको ऊर्जा केन्द्रहरूमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरुलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन् । 

ठूलो मात्रामा भएको रूसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् । १० लाख भन्दा बढी ग्राहकहरूका लागि विद्युत् र पानी आपूर्ति पुनर्स्थापना गर्न दनिप्रोपेट्रोभस्क क्षेत्रमा मर्मत कार्य जारी रहेको पुनर्स्थापना मन्त्री ओलेक्सी कुलेबाले सामाजिक सञ्जालमार्फत जनाएका हुन् । 

युक्रेनी वायु सेनाले रूसले ९७ वटा ड्रोन र ७० वटा हवाई रक्षा प्रणालीद्वारा  विभिन्न २७ वटा स्थानमा आक्रमण गरेको बताएको छ । आक्रमणमा ड्निप्रोपेट्रोभस्कको महत्वपूर्ण ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको सैन्य प्रमुख भ्लादिस्लाव गाइभानेन्कोले बताएका छन् । 

अवस्था कठिन भएको बताउदै सुरक्षा व्यवस्स्थाले अनुमति दिए लगत्तै, ऊर्जा कामदारहरूले पुनर्स्थापना कार्य सुरु गर्ने उनले टेलिग्राममार्फत बताएका हुन् । जापोरिझियामा, बिजुली आपूर्ति प्रमुख सुविधाहरूमा पुनर्स्थापित गरिएको भएता पनि अधिकांश उपभोक्ताहरू अझै पनि बिजुली विहीन भएको गभर्नर, इभान फेडोरोभले जनाएका छन् ।

किएभले आफ्नो ऊर्जा ग्रिडको लामो समयदेखि चलिरहेको लक्ष्यलाई रूसी तेल डिपो लगायतमा आक्रमण गरी प्रतिक्रिया दिएको छ भने मस्कोको महत्त्वपूर्ण ऊर्जा निर्यात कटौती गर्न र इन्धनको अभाव निम्त्याउन खोजिरहेको छ । –रासस/एएफपी

सम्बन्धित खबर