२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

मेरो गलामा झुन्ड्याइएको पाँचवटा तरबार जतिबेला पनि खस्नसक्छ : रवि लामिछाने

shivam cement
२०८२ पुष २४ गते १७:३९
Shares
मेरो गलामा झुन्ड्याइएको पाँचवटा तरबार जतिबेला पनि खस्नसक्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साध्नेलाई माफी दिने साहस आफूमा रहेको बताएका छन् । चितवनमा आयोजित पार्टी कार्यक्रममा उनले प्रतिशोधको राजनीति अन्त्य गर्ने र देशको भविष्य लेख्ने जिम्मा जनताकै हातमा रहेको बताए ।

राज्यबाट आफूले दमन भोगेको भन्दै उनले यो विषय व्यक्तिगत नभई सिंगो देशको भएको उल्लेख गरे । जेल हालिएको प्रसंग स्मरण गर्दै देशलाई नै जेल बनाइएको आरोप लगाउँदै त्यसबाट मुक्त गराउने संघर्ष जारी रहने बताए । आफूमाथि अझै दबाब र खतरा रहेको संकेत गर्दै उनले देशलाई गलत प्रवृत्तिबाट मुक्त गराएरै छोड्ने दृढता व्यक्त गरे । 

कार्यकालमा थोरै मात्र काम गर्न पाएको स्वीकार गर्दै जनताले देखाएको विश्वास र भावनालाई खेर जान नदिने प्रतिबद्धता जनाए । उनले आफ्‌नो गलामाथि अझै पाँचवटा तरबार झुन्डाइएको भन्दै जुनसुकै बेला खस्नसक्ने बताए ।

उनले भने, ‘त्यो तरबार खसोस् मलाई प्रवाह छैन । तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो ।’

सम्बन्धित खबर