२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रास्वपाको पार्टी प्रवेश कार्यक्रम शुक्रबार 

shivam cement
२०८२ पुष २४ गते १९:३१
Shares
रास्वपाको पार्टी प्रवेश कार्यक्रम शुक्रबार 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ । पार्टीका अनुसार उक्त कार्यक्रम शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय (घण्टी घर), चःमति वनस्थली, काठमाडौंमा हुने तय गरिएको छ ।

रास्वपाले विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । पछिल्लो समय पार्टीप्रति बढ्दो आकर्षण र राजनीतिक रूपमा नयाँ विकल्पको खोजी भइरहेका बेला यो कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टी नेतृत्वले पार्टी प्रवेश कार्यक्रममार्फत विचार, नीति र संगठनलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको बताउँदै आएको छ । रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य एजेन्डा बनाउँदै राजनीतिक गतिविधि अघि बढाइरहेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहने जनाइएको छ । पार्टी प्रवेश गर्ने व्यक्तिहरू र उनीहरूको राजनीतिक पृष्ठभूमिबारे कार्यक्रमका क्रममा औपचारिक जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर