
काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेका छन् ।
बिहीबार साँझ सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा खड्काले नियमित महाधिवेशनको कार्यसूची आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको बताएका थिए । तर थापाले चुनावअघि नेतृत्व फेर्ने मागलाई नियमित महाधिवेशनको बहानामा टार्न नमिल्ने स्पष्ट पारे ।
थापाले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको अधिकार भएको भन्दै प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक हुने चेतावनी दिए । उनले आगामी निर्वाचनअघि नयाँ नेतृत्व ल्याउन विशेष महाधिवेशन आवश्यक रहेको बताए ।