२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल यूएईसँग पराजित

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते १०:४६
नेपाल यूएईसँग पराजित

काठमाडौं : फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रंगशालामा  सम्पन्न खेलमा  यूएईले  नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

यूएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे ।

अल्मुशरखले खेलको १२औं र १४औं मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औं र अब्बासले ७५औं मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ यूएई १५ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजिति नेपाल भने अंकविहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise