२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

shivam cement
२०८२ पुष २५ गते ०९:२३
Shares
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

काठमाडौँ  : नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको  छ ।

सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको छ ।

यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए ।

सम्बन्धित खबर