
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए । उनले अहिले परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको जिकिर गरे ।
अहिले सबै एकताबद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको उनको भनाइ थियो । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै उनले केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताए ।
विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उनले विशेष महाधिवेशन आजको आवश्यकता भएको बताए । नतो सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताए ।