२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

उनेपासँग लिखित सहमति गर्न रविको आनाकानी 

shivam cement
२०८२ पुष २५ गते १५:५८
Shares
उनेपासँग लिखित सहमति गर्न रविको आनाकानी 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकता सहमति कार्यान्वयन नहुँदा प्रक्रिया अलमलिएको छ । सहमति अनुसार अघि नबढ्दा दुई दलबीचको एकताले पूर्णता पाउन ढिलाइ भएको हो ।

मन्त्री पदबाट राजीनामा दिएपछि कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान लामिछाने निवासमा भएको भेटमा पूर्व प्रतिबद्धता र एकताका विषयमा छलफल भए पनि सहमति जुट्न सकेन ।

उज्यालो पक्षले संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा लिखित सहमति आवश्यक रहेको अडान राखेको छ । ती मुद्दामा लामिछानेले मौखिक सहमति जनाए पनि लिखित सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गरिरहेको उज्यालो पक्षको दाबी छ ।

एकतापछि केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संशोधन र उम्मेदवारी प्याकेजमा सहमति हुनुपर्ने उज्यालो पक्षको माग छ । यसअघि बालेन शाहसँगको सहमतिपछि रास्वपाको केन्द्रीय समितिमा २६ सदस्य थपिए पनि उज्यालो पक्षबाट अहिलेसम्म कसैलाई समेटिएको छैन । केन्द्रीय सदस्य संख्या र समानुपातिक सूचीका विषयमै एकता रोकिएको बताइन्छ ।

सम्बन्धित खबर