२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

अन्तर जिल्लाका मतदाताले मतदान गर्न नपाउने 

shivam cement
२०८२ पुष २५ गते १६:४३
Shares
अन्तर जिल्लाका मतदाताले मतदान गर्न नपाउने 

काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । 

निर्वाचन आयोगले कानुनी र प्राविधिक तयारी नपुगेकाले यसपटक अन्तर क्षेत्र/अन्तर जिल्ला मतदानको व्यवस्था गर्न नसकिएको जनाएको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारले निर्वाचन घोषणा गरेसँगै यस्तो माग उठे पनि आयोगले सम्भव नभएको स्पष्ट पारेको हो । 

यद्यपि, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागारका कैदीबन्दी र वृद्धाश्रमका ज्येष्ठ नागरिकका लागि भने अस्थायी मतदाता नामावलीमार्फत मतदानको सुविधा दिइनेछ ।

सम्बन्धित खबर