२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

shivam cement
२०८२ पुष २६ गते १३:४४
Shares
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरमा सुरु भएको छ ।

पार्टीको ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्नुहुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय÷व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौंमा सम्पन्न भएको थियो । –रासस 

सम्बन्धित खबर