२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

विध्वंश र पपुलिजम अग्रगामी विकल्प होइनः अध्यक्ष ओली

shivam cement
२०८२ पुष २६ गते १४:३७
Shares
विध्वंश र पपुलिजम अग्रगामी विकल्प होइनः अध्यक्ष ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भएको बताएका छन् । एमालेको शनिवार बसेको केन्द्रीय कमिटिको बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकताप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरे ।

धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिहरुलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंशलाई वैधता दिने शक्तिहरु एकजुट भएको उनको आरोप छ । उनले ‘पुराना दल’ र ‘नयाँ दल’ बीचको ध्रुविकरणको रुपमा बहस गरिएपनि वास्तविक ध्रुविकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंशलाई वैधता दिने कि नदिने भन्नेहरुको बीचमा भएको दाबी गरे । लोकतन्त्र राजनीतिक दलहरुको भूमिकाबाट मात्रै बलियो हुने बताए । 

उनले हाल विचारविहीन, सार्वजनिक जवाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरु संगठित भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेको आरोप लगाए । उनले ‘अवतारी नायक’ जन्मिएर सबै समस्या तुरुन्त समाधान हुन्छ भन्ने भ्रम फैलाइँदै गएकोप्रति सचेत रहन पनि आग्रह गरे । विध्वंश र पपुलिज्म कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने उनको दाबी छ । उनले पपुलिज्मले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताए । पपुलिजमले सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने हुँदा नेपालमा गम्भीर भूराजनीतिक जोखिम समेत निम्त्याउन सक्ने उनले चेतावनी दिए । उनले विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर