२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहमति दुई हप्तामै भाँडियो 

shivam cement
२०८२ पुष २६ गते १५:०२
Shares
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहमति दुई हप्तामै भाँडियो 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच प्रस्तावित एकता भाँडिएको छ । शनिबारसम्म भएका छलफलमा सहमति जुट्न नसकेपछि एकता प्रक्रिया टरेको संवाद समितिका एक नेताले बताएका छन् ।

रास्वपा स्रोतका अनुसार कुलमान पक्षले वरिष्ठ उपसभापति, महामन्त्री पद तथा पार्टीको नाम परिवर्तनको प्रस्ताव अघि सारेपछि सहमति हुन सकेन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित भएका पछिल्ला छलफलहरू पनि निष्कर्षविहीन बने ।

यसअघि ऊर्जामन्त्री पदबाट राजीनामा दिएका कुलमानले आफू कुनै दलको सदस्य नभएको र रास्वपासँगको समझदारी कार्यान्वयन चरणमा नपुगेको बताएका थिए । रास्वपा र उनेपाबीच पुस १३ गते सहमति भएको थियो ।

सम्बन्धित खबर