
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको निर्देशनमा पार्टी सचिवालयको आकस्मिक (भर्चुअल) बैठक बस्ने भएको छ । बैठक शनिबार दिउँसो ३ः१५ बजे जुममार्फत सञ्चालन हुनेछ ।
बैठकमा पार्टी एकता र समायोजनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ । साथै, विविध विषयमा पनि छलफल गरिने जनाइएको छ ।
पार्टीले सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ । यहीँ पुस १३ गते उज्यालो नेपाल पार्टी (उनेपा)सँग एकता गर्ने सहमति भएको थियो । तर, उक्त सहमति शनिबार एकाएक भाँडिएको छ ।