
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासहित नेताहरूबीच छलफल जारी छ ।
पार्टीलाई एकताबद्ध बनाउने विषयमा केन्द्रित छलफलमा देउवा, कोइरालासँगै सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।
कोइरालासहितका नेता साढे १ बजे महाराजगञ्ज पुगेका हुन् । यसअघि बिहान पनि कोइराला देउवालाई भेट्न पुगेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरेपछि पार्टीभित्र छलफल तीव्र बनेको हो ।
शेखर कोइराला भने दुई पक्षबीच सहमति खोज्न सक्रिय छन् । विशेष महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुने तय छ ।