
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टी (उनेपा) समानुपातिक निर्वाचन प्रणालीबाट बाहिरिने भएको छ । पार्टीले निर्वाचन आयोगमा छुट्टै समानुपातिक बन्दसूची बुझाएको छैन ।
पुस १४ गते अन्तिम दिन रास्वपा–उनेपाबीच सहमति हुँदा रास्वपाकै तर्फबाट सूची बुझाइएको थियो । तर अहिले एकता टुटेपछि उसले समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने अवस्था बनेको छ । अब पार्टीका उम्मेदवार प्रत्यक्षतर्फ मात्रै रहनेछन् ।
अध्यक्ष कुलमान घिसिङले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । रास्वपाको बन्दसूचीमा रहेका उज्यालो नेपालतर्फका १४ जना उम्मेदवारले पार्टी रोज्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।