२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल (तस्बिरहरू)

shivam cement
२०८२ पुष २७ गते १२:१९
Shares
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल (तस्बिरहरू)

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।

प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ भने स्टलहरूमा लाइन लागेर दर्ता गराउनेको भिड देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको यो विशेष महाधिवेशनमा करिव ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजकहरूको दाबी छ ।

पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन गरेर यो महाधिवेशन आह्वान गरिएको हो । दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । महाधिवेशनको उद्घाटन सत्र दिउँसो १ बजे हुनेछ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट र्‍याली तथा जुलुस निकालेर भृकुटीमण्डपमा भेला भइरहेका छन् । 

सम्बन्धित खबर