२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

तस्बिरमा हेर्नुहोस् जेनजी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रम 

shivam cement
२०८२ पुष २७ गते १५:२७
Shares
तस्बिरमा हेर्नुहोस् जेनजी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रम 

काठमाडौं : जेनजी रेड फोर्सद्वारा आयोजित जेनजी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय पेरिसडाँडाको प्रांगणमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ल सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले युवा पुस्तालाई राजनीतिक चेतना, सामाजिक परिवर्तन र सांस्कृतिक अभियानसँग जोड्दै अघि बढ्न आग्रह गरे । उनले देशको परिवर्तनमा युवाको भूमिका निर्णायक हुने उल्लेख गर्दै विचार, संगठन र संस्कृतिको समन्वयबाट मात्र दिगो परिवर्तन सम्भव हुने बताए । 

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत, नृत्य तथा जनचेतनामूलक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । देशभरबाट आएका युवा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले राजनीतिक जागरणसँगै सांस्कृतिक पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

जेनजी रेड फोर्सले आगामी दिनमा पनि यस्ता जागरणमूलक र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

तस्बिर : प्रचण्डको सचिवालय 

सम्बन्धित खबर