२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

देउवालाई गोपालमानले भने- विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

shivam cement
२०८२ पुष २७ गते १५:३३
Shares
देउवालाई गोपालमानले भने- विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।

पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताए । उनले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोप समेत लगाए । 

उनले भने, ‘यहाँ कसैले हठ गरिराख्न हुँदैन । विधि र विधान अनुसार अगाडि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकताबद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित खबर