
काठमाडौं : निवर्तमान सांसद विनोद चौधरी नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन् । नवलपरासी–२ बाट निर्वाचित चौधरी यसअघि सभापति शेरबहादुर देउवा निकट मानिँदै आएका थिए ।
लामो समयसम्म स्पष्ट नखुलेको उनको धारणा अन्ततः विशेष महाधिवेशनको पक्षमा खुलेको हो । उद्घाटन सत्रमा विशेष महाधिवेशन अभियानका नेतृत्वकर्ता गुरूराज घिमिरेले सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहभागी भएर एकताको सन्देश दिन आग्रह गरेका छन् ।
उनले विशेष महाधिवेशनलाई आगामी निर्वाचनको दिग्विजयको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि सहभागी हुने यो महाधिवेशनका लागि भृकुटीमण्डपमा नाम दर्ता प्रक्रिया जारी छ ।