
काठमाडौं : नेपाली कांग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको बन्दसत्र उद्घाटनका लागि सभापति शेरबहादुर देउवालाई उपस्थित हुन आग्रह गरेका छन् ।
भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले उमेरका कारण देउबाले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । ‘देउवा दाइ ८० वर्ष कटिसक्नुभयो, अब कार्यकर्ताले खोजेको विकल्प दिन हामी तयार छौं,’ शर्माले भने ।
उनले विशेष महाधिवेशनको विरोध गर्ने केन्द्रीय सदस्यहरूलाई उपस्थित कार्यकर्ताले गिज्याएको टिप्पणी गर्दै पार्टी झगडामा नभई मध्यमार्गी सिद्धान्तमा विश्वास गर्ने बताए ।
शर्माले पार्टीभित्र ५४ प्रतिशत हस्ताक्षरको मागसमेत सामान्य छलफलमा ल्याउन नसक्नु लोकतान्त्रिक बिडम्बना भएको जिकिर गरे । ‘जनताको अधिकारका लागि लडेको पार्टीले न्यूनतम लोकतान्त्रिक अभ्याससमेत गर्न नसक्नु दुःखद हो,’ उनले भने ।