२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन : ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिद्वारा नाम दर्ता

shivam cement
२०८२ पुष २७ गते १६:१९
Shares
कांग्रेस विशेष महाधिवेशन : ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिद्वारा नाम दर्ता

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४९ प्रतिशत बढी प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । उद्घाटन सत्रको कार्यक्रममा अहिलेसम्म ४९.३४ प्रतिशतले नाम दर्ता गराइसकेको जानकारी दिइएको हो ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरु भएको हो । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । यसको ४९.३४ प्रतिशत भनेको २ हजार ३ सय ४० हुन्छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन आजबाट सुरु भएको हो ।

सम्बन्धित खबर