
काठमाडौं : नेपाली कांग्रेसमा लामो समय सभापति शेरबहादुर देउवालाई साथ दिएका नेताहरू विशेष महाधिवेशनको समर्थनमा खुलेका छन् । संस्थापनले रोक्न खोजे पनि उनीहरू भृकुटीमण्डपस्थित उद्घाटनस्थलमा उपस्थित भएका हुन् ।
उद्घाटनस्थलमा पुगेकामा गोपालमान श्रेष्ठ, पुष्पा भुसाल, तारामान गुरुङ, डा. डिला संग्रौला, विनोद चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी र राजन केसीलगायत छन् । साथै तारानाथ रानाभाटदेखि देउवाका पूर्व स्वकीय सचिव कर्ण मल्लसम्मको उपस्थिति देखिएको छ ।
लामो समय देउवा समूहमा रहेका गोपालमान श्रेष्ठ शनिबारदेखि विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।