२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

shivam cement
२०८२ पुष २७ गते १७:१७
Shares
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं : निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । 

निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे । 

‘राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ । सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरू जान नसक्ने अवस्था छैन,’ उनले भने, ‘यसका लागि सुरक्षा निकायले चनाखो भएर काम गरिरहेका छन् । सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ ।’ –रासस

सम्बन्धित खबर