
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ । अधिवेशन जारी रहँदा सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई महाराजगञ्जस्थित निवासमै बोलाएका छन् ।
उनले आफ्नो निवासमा बोलाएर नेताहरूसँग छलफल सुरु गरेका छन् । छलफलमा कार्यवहाक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक लगायतका नेताहरू सहभागी छन् ।
देउवाले कुन विषयमा छलफल गर्ने हुन् भन्नेबारे खुलाइएको छैन । पार्टी असन्तुष्ट पक्ष गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन आइतबारबाट सुरु गरेका छन् ।