२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस नेताहरूले भने– विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मत 

shivam cement
२०८२ पुष २७ गते १८:२१
Shares
कांग्रेस नेताहरूले भने– विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मत 

काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दैै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताएका छन् । 

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताए । साथै उनले विशेष महाधिवेशन पार्टीको विधानअनुसार भएको दाबी गर्दै मुलुकको वर्तमान राजनीतिको भावनाअनुसार पार्टीको नेतृत्व युवाको काँधमा आएको उल्लेख गरे । 

काठमाडौं कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, बैतडीका सभापति चतुरबहादुर चन्द र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलगायतका नेताले जेनजी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भ र पार्टीभित्रको परिवर्तित चाहनाअनुरुप विधानसम्मत विशेष महाधिवेशन भएको स्पष्ट गरे । –रासस

सम्बन्धित खबर