२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पार्टी विभाजन हुन दिन्नँ : शेखर कोइराला

shivam cement
२०८२ पुष २८ गते १३:१३
Shares
पार्टी विभाजन हुन दिन्नँ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने बताएका छन् ।

सोमबार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो प्रतिबद्धता जनाएका हुन् । उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए ।

उनले पार्टी फुट्छ कि भन्ने चिन्ता नगर्न पनि आग्रह गरे । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिबद्धता छ । 

उनले भने, ‘पार्टी जोगाउन कोसिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्नँ । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’

यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन सुरु गरिसकेका छन् । सोमबारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन । 

ताजा खबर

सम्बन्धित खबर