
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् ।
महाराजगञ्जस्थित देउवा निवासमा सुरु भएको छलफलमा कोइरालासहित सहमहामन्त्रीद्वय जीवन परियार र बद्रि पाण्डे तथा नेता मिनेन्द्र रिजाल सहभागी छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा देउवाले आन्तरिक छलफल तीव्र पारेका हुन् । विशेष महाधिवेशनमा दुई प्रतिवेदन पेस भइसकेका छन्, जसमा अहिले समूहगत छलफल भइरहेको छ ।