
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अघि सारेको संकल्प प्रस्तावमाथि छलफल चलिरहेकोले थप एकदिन लम्बिएको प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बताए ।
उनका अनुसार मंगलबार नै नेतृत्व चयन हुनेछ । ‘महामन्त्रीद्वय थापा र शर्माले बन्दसत्रमा आ–आफ्नो संकल्प पस्ताव अघि सार्नुभएको छ । सोही प्रस्तावमाथि छलफल जारी रहेकोले विशेष महाधिवेशन लम्बिने भएको छ, नयाँ नेतृत्व चयन प्रक्रिया पनि मंगलबार नै टुंगिनेछ ।