२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

shivam cement
२०८२ पुष २८ गते १८:३८
Shares
पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् । 

सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज भएको पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टी एकढिक्का राख्न संवाद जारी रहेको बताए । 

छलफलमा पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको सङ्कटबाट मुक्त गरेर जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको नेता कार्कीको भनाइ थियो । 

यसैगरी पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले हदैसम्म लचक भएर पार्टी विभाजनलाई रोक्न र पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको जानकारी दिए । त्यसका लागि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग संवाद भइरहेको उनले बताए । –रासस  

ताजा खबर

सम्बन्धित खबर