२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन : मंगलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

shivam cement
२०८२ पुष २८ गते १८:५०
Shares
कांग्रेस विशेष महाधिवेशन : मंगलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।

मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र  पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । 

दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मंगलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । ‘पहिले नेता छानेर नीति बनाउँथ्यौं, हाल नीति बनाएर नेता छान्छौं । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ,’ संयोजक पोखरेलले भने । 

उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने संख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए । –रासस 

ताजा खबर

सम्बन्धित खबर