२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छ : सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ पुष २८ गते १९:१५
Shares
आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न तयार हुनुपर्नेमा जोड दिए । मन्त्री खरेलले भने, ‘मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व ल्याउनुपर्छ, अब पुरानै प्रवृत्तिलाई नदोरिने अवस्था निर्माण गर्न आवश्यक छ ।’

उनले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए । मन्त्री खरेलले दल र नेताको दबाब तथा प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रूपमा राम्रो कर्म गर्नुपर्नेमा जोड दिए । 

उनले इक्यानसँग आफू पत्रकार हुँदादेखि सहकार्य गरेको उल्लेख गर्दै आफू जुनसुकै पद र पेसामा भए पनि सहयोग रहने प्रतिबद्धतासमेत जनाए । मन्त्री खरेलले इक्यानले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आबद्ध व्यवसायीले देशको अर्थतन्त्रमा सहयोग गरिरहेको भन्दै प्रशंसा गरे । 
  
कार्यक्रममा इक्यान अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । –रासस 

ताजा खबर

सम्बन्धित खबर