२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'मिस युनिभर्स नेपाल २०२४'को शीर्ष ३५ को अडिसन सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन १५ गते ११:५६
'मिस युनिभर्स नेपाल २०२४'को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाडौं : मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौंमा सोमबार आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जनामध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको हो ।

अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए ।

अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा ३ दिनपश्चात मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेका लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइनेछ ।

मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ का लागि १०० देशका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise