
काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच वार्ता जारी छ ।
जारी विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति बनाएको थियो ।
वार्तामा विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् ।
संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।