२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

shivam cement
२०८२ पुष २९ गते १४:३३
Shares
राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ । मंगलबार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो ।

राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताहरूले एकीकरण घोषणा गरेका हुन् । एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने सहमति भएको छ ।

एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने विश्लेषकहरूको मत छ । एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर