
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाको मंगलबार सम्पन्न २४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष ०८१/८२को मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साधारण सभा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा भएको थियो । सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी, संस्थाको हाल कायम चुक्ता पुँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँलाई वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैयाँ ५० पैसा पु¥याउने प्रस्ताव पनि सभाले पारित गरेको छ ।