२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा

shivam cement
२०८२ माघ १ गते १६:०१
Shares
विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा

काठमाडौंः विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रका शर्माले कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् । बिहीवार सञ्चारकर्मीहरुसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको विशेष महाधिवशेन सफल भएको उनको दाबी छ । विशेष महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरु निर्वाचन आयोग गएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ । यसले देशको लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको छ । यसबारेमा निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ । कांग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ।’

उपसभापति शर्माले विशेष महाधिवेशनको म्याण्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताए ।    

सम्बन्धित खबर