२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छः शेखर कोइराला

shivam cement
२०८२ माघ २ गते ११:३३
Shares
लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छः शेखर कोइराला

काठमाडौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुगेका उनले यस्तो बताएका हुन् । 

बहुमत केन्द्रीय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताए । निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने उनले उल्लेख गरे ।

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधिहरु केन्द्रीय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे । कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गरे । उनले महाधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले उक्त महाधिवेशनबाट आफूहरु फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिए । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पेस गरेको छ । 

सम्बन्धित खबर