२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

नास्पतीले पाएन बजार

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १४:५९
नास्पतीले पाएन बजार

गोरखा : गोरखाको सिरान्चोक गाउँपालिका-५ का किसान नास्पतीले बजार नपाउँदा चिन्तित भएका छन् । सिरान्चोक गाउँपालिका-५ का किसानको करेसामा १ हजार बोटमा अनुमानित एक हजार क्विन्टल बढी नास्पती फलेका छन् । तर उचित बजार तथा थोक खरिदकर्ताको अभावले नास्पती कुहिने जोखिम बढेको स्थानीय बताउँछन् ।

ग्रामीण भेगाका किसानको करेसामा उत्पादन हुने अर्गानिक मौसमी फलफूल खुर्पानी, आल्चा, अमिलो, आरु र आँपलाई स्थानीय सरकारले चिस्यान केन्द्र खोलेर भण्डारण गर्न सके र बजार व्यवस्थापन गरिदिनसके युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिने स्थानीयहरुको भनाइ छ । 

गाउँघरमा उत्पादन हुने कागती, लसुन, अदुवा, हलेदोजस्ता नगदे बालीले उचित बजार भाउ पाउने हो भने पनि ग्रामीण भेगका किसानलाई कृषिकर्ममा प्रोत्साहन मिल्ने स्थानीय कृषकहरु बताउँछन् ।

गत वर्ष अलैंचीले बजार नपाउँदा गोरखाका स्थानीय कृषकहरु मारमा परेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise