
काठमाडौंः इरानले सुरक्षा कारणले केही समयका लागि बन्द गरेको आफ्नो हवाई क्षेत्र पुनः खुला गरेको छ । अर्ध–सरकारी समाचार एजेन्सी फार्सकाअनुसार विमानस्थलहरूले यात्रुहरूलाई सेवा दिन थालेका छन् र उडानहरू सामान्य अवस्थामा फर्किएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनकाअनुसार विमानस्थलहरूले आगमन र प्रस्थान गर्ने सबै उडानहरूलाई सेवा दिइरहेका छन् । यसअघि बुधवार राति सुरक्षा शतर्कता अपनाउँदै पूर्वअनुमति प्राप्त उडान बाहेकका अन्य सबै उडानमा रोक लगाइएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्पेन, भारत र अष्ट्रेलिया जस्ता देशहरूले आफ्ना नागरिकलाई इरान छोड्न आग्रह गरेका छन् ।